खाेज्नुहाेस

साँफे–मार्तडी सडक अवरुद्ध

Image

बाजुरा – बाजुराको साँफे–मार्तडी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । शनिबार राति परेको अविरल वर्षातका कारण सडकको माथिदेखि पहिरो गएपछि सो सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

navjiwan hospital

साँफे –मार्तडी सडक खण्डअन्तर्गत पर्ने राप्का सेलाघाट, सुवाखाँद पावरहाउस र कारागार मुनीको सडकको बिच–बिचमा ठुलो पहिरो गएपछि अहिले जिल्लामा आउने सबै सवारी साधन तिपाडा जडाङ्गामा राप्का लगायतका विभिन्न ठाउँमा रोकिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

attariya hospital

पहिरोले मानवीय क्षति नभए पनि यहाँ भौतिक रुपमा भने ठुलो क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिह भाटले बताए ।

अहिले प्रहरी टोली घटनास्थलमा गएको छ । पहिरोको कारण कहाँ के क्षति भएको भन्ने कुरा त्यहाँ पुगेपछि मात्र जानकारी हुने भाटले बताए ।