खाेज्नुहाेस

बाजुरामा पहिरोले सात घर–गोठमा क्षति

Image

बाजुरा– अविरल बर्षा पछि आएको पहिरोले बाजुराको बडीमालिका नगरपालिकामा रहेका ७ वटा घर तथा गोठमा क्षति पु¥याएको छ । शनिबार रातीदेखी परेको अविरल वर्षाका कारण आएको पहिरोले बडीमालिका नगरपालिका– ८ र ९ मा रहेका ७ वटा घरगोठहरुमा क्षति पुगेको हो ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पहिरो खस्दा वडा नं. ८ कोठ्याराका नरे रावल, वडा नम्बर ९ का करे थापा र दिपक बिकको घरमा क्षति पुगेको छ । पहिरोले वडा नम्बर–९ का मोती ओखेडा, धनबहादुर बिक, जंग ओखेडा र तुले लुहारको गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

attariya hospital

घर तथा गोठमा पहिरो खस्दा खाद्यान्न, लत्ताकपडा तथा पशुचौपायमा क्षति गरेको प्रहरीले जनाएको छ ।