खाेज्नुहाेस

बाजुरामा पहिरोले एक घरमा क्षति, १० परिवार उच्च जोखिममा

Image

बाजुरा – अविरल वर्षासँगै गौमुल गाउँपालिका–३ माझपालीको भिट्टालीमा आएको पहिरोले हर्क विकको घर पूर्ण रूपमा क्षति भएको छ। पहिरोले खानेपानी आयोजना, पानी घट्ट र वडा कार्यालय जाने बाटोसमेत बगाएको छ।

navjiwan hospital

वडा नम्बर ३ का अध्यक्ष गोरखबहादुर बोहराका अनुसार भिट्टालीका १० परिवार पहिरोको उच्च जोखिममा छन्। यस्तै वडा नम्बर २ का अध्यक्ष देवबहादुर रोकायाका अनुसार गैरा, आग्र र अन्द्राडीमा समेत पहिरोले क्षति पुर्‍याएको छ। गैरामा दुई परिवारलाई सुरक्षित स्थानमा सार्न समन्वय भइरहेको छ।

attariya hospital

गाउँपालिका विपद् फोकल पर्सन प्रेमबहादुर सार्कीका अनुसार विभिन्न स्थानका थप घरसमेत पहिरोको जोखिममा छन्।