खाेज्नुहाेस

अपाङ्गता भएकी अस्मिताले घरमै पाइन् नागरिकता

Image

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका–६ थाचौरकी अस्मिता पन्तले घरमै नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । ‘क’ वर्गको अपाङ्गता भएकी पन्तलाई प्रमुख जिल्ला अधिकारी मीना अर्यालले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेकी हुन् ।

navjiwan hospital

मानसिक अपाङ्गताका कारण जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता लिन कठिनाइ हुने भएपछि प्रशासनले घरमै सेवा दिएको हो । सेवाग्राहीलाई सहज र सरल रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले घरनजिकै पुगेर सेवा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।

attariya hospital

अस्मिताले नागरिकता प्राप्त गरेपछि सरकार र स्थानीय तहबाट अशक्त नागरिकले पाउने सुविधा पाउनेछिन् । जिल्ला प्रशासन कार्यालय बैतडीले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्न थालेको छ ।