खाेज्नुहाेस

बेलौरीबाट सशस्त्र प्रहरीद्धारा कुखुराका चल्ला, माछा सहित १ जना पक्राउ

Image

बेलौरी – कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा पछिल्लो समय सीमा सुरक्षा गुल्म हेडक्वार्टर बेलौरीले कडा निगरानी राख्न थालेको छ । गुल्मबाट विशेष गस्ती खटाइ र मातहतका बिओपीहरुले सीमा क्षेत्रमा कडा निगरानी गरिरहेको हो । गस्तीकै क्रममा मंगलबार र बुधबार ४ लाख बढी मुल्य बराबरका अवैध पोल्ट्रीजन्य वस्तु, माछा र मोटरसाइकल सहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी निरीक्षक ज्योतिष मिश्रको कमाण्डमा खटिएको ७ जनाको मोवाइल टोलीले बेलौरी नगरपालिका–२ स्थित सीमा इलाकाबाट ४ लाख २४ हजार बराबरको अवैध पोल्ट्रीजन्य वस्तु, माछा र मोटरसाइकल सहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो ।

attariya hospital
navjiwan hospital

सशस्त्र प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा अन्दाजी १ लाख ५० हजार मूल्य बराबरको कुखुराका चल्ला, १ सय केजी ब्रोइलर कुखुरा, ८० केजी माछा र सामान ओसारपसारमा प्रयोग गरिएको म २ प ११३ नम्बरको सुपर स्पेलेन्डर मोटरसाइकल बरामद गरिएको छ ।

कुखुराका चल्ला ल्याउने भारतको लखिमपुर खिरी, ग्राम पञ्चायत कमलापुरी बस्ने ३० वर्षीय अमित अहमदलाई नियन्त्रणमा लिएको छ । बरामद गरिएका सम्पूर्ण कुखुराका चल्ला, ब्रोइलर कुखुरा र माछालाई कानुनी प्रक्रिया पूरा गरी गुल्मको परिसरमा खाल्डो खनेर नष्ट गरिएको छ भने नियन्त्रणमा लिइएका भारतीय नागरिक र जफत गरिएको मोटरसाइकललाई आवश्यक कानूनी कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको गुल्मले जनाएको छ ।

त्यस्तै बुधबार बेलौरी नगरपालिका १० पन्तचोकबाट अबैध रुपमा भारतबाट नेपाल भित्र्याएको सगुनको ४ थान सानो गोलिया सँगै भारतीय नम्बर युपी २६ एपी ६५९८ को मोटरसाइकल बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी भुडाबाट सशस्त्र प्रहरी निरीक्षक जित बहादुर वलीको कमाण्डमा खटिएको गस्ती टोलीले बरामद गरेको मोटरसाइकल र काठ डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाएको सशस्त्र प्रहरी जनाएको छ ।

त्यस्तै पुनर्वास नगरपालिका ११ डोकेबजार सीमा ईलाकामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट सशस्त्र प्रहरी निरीक्षक हरि बहादुर बिकको कमाण्डमा खटिएको ५ जनाको सीमा गस्ती टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याइएको २५ हजार ८ सय मूल्य बराबरको साडी, सुट लगायतका लेडिज कपडा बरामद गरी भन्सार कार्यालय बुझाइएको छ ।