अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले गौरा पर्वको अवसरमा भदौ १८ गते बिदा दिएको छ । मंगलबार एक सूचना जारी गर्दै नगरपालिकाले भदौ १८ गते बिदा दिने निर्णय गरेको जनाएकाे छ ।

गौराको मुख्य दिन भदौ १९ गते भने संघीय सरकारले सार्वजनिक बिदा दिएको छ । यस्तै २० र २१ गते शनिवार र आइतबारको बिदा हुँदा लगातार ४ दिन कार्यालय बन्द रहने भएको छ ।

नि. प्रमुख प्रशासकीय अधिकृत हरिस पन्तद्वारा जारी सूचनामा गोदावरी नगरपालिका क्षेत्र भित्र १ दिन स्थानीय बिदा दिने भदौ ९ गते बसेको १४४ औँ कार्यपालिका बैठकबाट निर्णय भएको उल्लेख छ ।
बिदाका दिन नगरपालिका क्षेत्र भित्रका गोदावरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा मातहतका कार्यालय, निकाय (अत्यावश्यक सेवा बाहेक) र सम्पूर्ण शैक्षिक संस्थाहरूमा बिदा हुने उल्लेख छ ।


















