खाेज्नुहाेस

अवैध रुपमा भारतबाट भित्र्याईएका भन्सार छलीका सामान बरामद

Image

अत्तरिया– कैलालीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । सोमबार जिल्लाका विभिन्न स्थानबाट अन्दाजी २ लाख ३९ हजार मुल्य बराबरका अवैध रुपमा भन्सार छली गरि ल्याईएका सामानहरु प्रहरीले बरामद गरेको हो ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त मुल्य बराबरका सुटपिस, कुर्ति, सुर्ति लगायतका सामानहरु बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

attariya hospital

यसैगरी कञ्चनपुरबाट पनि प्रहरीले अवैध रुपमा भन्सार छलीका सामान बरामद गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका– ५ तिनताराबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याईएका अन्दाजी ३४ हजार ७३८ मुल्य बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

सोमबार अस्थायी प्रहरी बिट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सो मुल्य बराबरका मुकुट, माला, चोली, बासुरी लगायतका सामानहरु बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले बताएको छ ।