खाेज्नुहाेस

भदौ भित्रै बजेट ल्याउने गरी तयारी गर्दै सुदूरपश्चिम सरकार

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट भदौ महिनाभित्रै ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षका लागि यसअघि कमलबहादुर शाह नेतृत्वको सरकारले बजेट ल्याए पनि प्रदेशसभाबाट पारित हुन सकेको थिएन । बजेट पारित गर्न नसक्दा सरकारसमेत संकटमा परेको थियो । पछि राजनीतिक समीकरण परिवर्तन भएसँगै शाह नेतृत्वको सरकार ढलेको थियो ।

navjiwan hospital

नयाँ सरकार गठन भएपछि प्रदेश सरकारले बजेट पुनर्लेखन गरी भदौ महिनाभित्रै प्रदेशसभामा प्रस्तुत गर्ने तयारी अघि बढाएको हो । मन्त्रालयहरूले योजना तथा कार्यक्रमको पुनरावलोकन गरिरहेका छन् भने सरकारले बजेटका प्राथमिकता निर्धारण गर्ने काम अघि बढाएको जनाएको छ ।

attariya hospital

प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले भदौभित्रै जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी बजेट ल्याउने बताए ।
विगतको बजेटमा देखिएका बेथिति र कमजोरीलाई सुधार गर्दै अहिलेको बजेट जनमुखी बनाइने उनको भनाइ थियो । ‘हिजो बजेटमा बेथिति देखियो । त्यही भएर अहिलेको बजेटमा जनताको अनुभूति हुने गरी बजेट आउँछ,’ उनले भने ।

सरकारले बजेटमार्फत स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार, कृषि तथा पर्यटनलगायत क्षेत्रमा जनताले प्रत्यक्ष लाभ पाउने कार्यक्रमलाई प्राथमिकता दिने तयारी गरेको मन्त्री रावलले जानकारी दिए ।