खाेज्नुहाेस

टीकापुरमा खैरो हिरोइन सहित तीन किशोर पक्राउ

Image

अत्तरिया –  कैलालीको टीकापुरमा खैरो हिरोइनजस्तो देखिने पदार्थसहित तीन किशोर पक्राउ परेका छन्।

navjiwan hospital

टीकापुर नगरपालिका–३ शंकरपुरबाट ८१० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थसहित सोही ठाउँका १८ वर्षीय दुई किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारेको जनाएको छ।

attariya hospital

यस्तै, टीकापुर नगरपालिका–१ समितिपुरबाट ९१० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थसहित सोही ठाउँका १६ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

दुवै घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।