खाेज्नुहाेस

भोटेकोशी बाढीपछि बाजुरामा एकै गाउँका सात जना सम्पर्कविहीन

Image

बाजुरा – बाजुराका एकै गाउँका सात जना सम्पर्कविहीन भएका छन् । भदौ १० गते रसुवाको बाढीपछि जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिकाको –६ धिमका सात जना सम्पर्कविहीन भएका हुन् । एकै गाउँका सात जना सम्पर्कविहीन भएपछि धिम बस्ती भावमा डुबेको छ ।

बाढीपछि ४५ वर्षीय दिपे सार्की, ५५ वर्षीय शेरसिंह रोकाया, १९ वर्षीय दीपक रोकाया, ५० वर्षीय विष्णुमती रोकाया, ३५ वर्षीय आराम नेपाली, ३२ वर्षीय विक्रम भण्डारी र ३२ वर्षीय मोहनलाल रोकाया सम्पर्कविहीन भएका छन ।

attariya hospital
navjiwan hospital

बाढी आउनुअघि करिब ९ बजेतिर श्रीमानसँग फोन सम्पर्क भएपनि त्यसयता सम्पर्कविहीन भएको मोहनलालकी श्रीमति विमला रोकायाले बताए । चार दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि यती बेला धिम बस्ती भावमा डुबेको हिमाली गाउँपालिका–६ का वडाध्यक्ष प्रेमलाल भण्डारीले बताए ।

जगन्नाथ गाउँपालिका–६ का २९ वर्षीया मुकेश दमाई र स्वामिकार्तिक ३ र ४ जुकुका वीरेन्द्र जैशी, सत्या जैशी, मन्दीप सञ्ज्याल, राजकला सञ्ज्याल र सुस्मिता सञ्ज्याल पनि सम्पर्कविहीन भएका छन ।

उनीहरू सबैजना रसुवाको गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत टिमुरे पार्किङ भन्ने स्थानबाट सम्पर्कविहीन भएकाे प्रारम्भिक अनुसन्धानबाट खु्लेको छ । सम्पर्कविहीन भएकाहरूको खोजी गर्नका लागि हुलियासहित गृहमन्त्रालयमा पत्रसमेत पठाइसकेको जिल्ला प्रशसान कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बताए ।