अत्तरिया – भोटेकोशीमा आएको बाढीपीडितका लागि समृद्धि युवा बचत समुहमा आवद्ध युवाहरुले सहयोग गरेका छन । डडेल्धुरा परशुराम नगरपालिका – ३ सिमल्टा घर भई रोजगारीका लागि भारतमा रहेका युवाहरूले समृद्धि युवा बचत समुह मार्फत सहयोग गरेका हुन ।

उनीहरूले प्रधानमन्त्री राहत कोषमा १२ हजार ४४० रुपैयाँ सहयोग गरेका छन् । विपद्को समयमा राज्य र प्रभावित नागरिकलाई आफ्नो सामथ्र्य अनुसार सहयोग गरिएको समृद्धि युवा बचत समुहका अध्यक्ष तपराज विष्टले बताए ।

उनले रकम सानो भए पनि बाढी तथा विपद्बाट प्रभावित परिवारका लागि केही राहत पुग्ने विश्वास व्यक्त गरे । उनले विपद्को समयमा राज्यले गरेको अपिललाई सबै नागरिकले आफ्नो दायित्वका रूपमा लिएर सक्दो सहयोग गर्नुपर्ने बताए ।















