खाेज्नुहाेस

बाढीपीडितका लागि सुदूरपश्चिमका चेम्बर समितिहरुद्धारा १ लाख सहयोग

Image

अत्तरिया – भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि गोदावरी चेम्बर अफ कमर्स, धनगढी चेम्बर अफ कमर्स, कैलाली चेम्बर अफ कमर्स र सुदूरपश्चिमका चेम्बर अफ कमर्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ रुपैयाँ सहयोग गरेका छन् ।

navjiwan hospital

चेम्बरका सुदूरपश्चिम प्रदेश समितिहरूले उद्धार राहत तथा पुनस्र्थापना सहयोग पु¥याउन आफ्नो दायित्व महसुस गरेर सहयोग गरेको एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । विज्ञप्तिमा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभाकारी बनाउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह, निजी क्षेत्र, उद्योगी व्यवसायी, सामाजिक संघ संस्था तथा आम नागरिकलाई आ–आफ्नो स्थानबाट सहयोग र सहकार्य गर्न अपिल समेत गरिएको छ ।

attariya hospital

गोदावरी चेम्बरका अध्यक्ष तारा दत्त जोशी, धनगढी चेम्बरका अध्यक्ष प्रमोद थापा, कैलाली चेम्बरका अध्यक्ष प्रमोद अधिकारी र नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिमका महासचिव रविन भट्टद्वारा जारी विज्ञप्तिमा विपदबाट प्रभावित नागरिकको सामान्य जीवनयापनको कामना समेत गरिएको छ ।

साथै उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा अहोरात्र खटिनुहुने नेपाल सरकारका सम्बन्धित निकाय, सुरक्षाकर्मी, स्थानीय तह, सामाजिक संघ–संस्था, स्वयंसेवक तथा सहयोगी सबैप्रति धन्यावाद ज्ञापन गरिएको छ ।