खाेज्नुहाेस

कैलालीमा ब्राउन सुगर सहित दुई जना पक्राउ

Image

धनगढी – कैलालीमा ब्राउनसुगरजस्तो देखिने पदार्थसहित एक युवक र एक किशोर पक्राउ परेका छन्।

navjiwan hospital

लम्कीचुहा नगरपालिका–१ स्थित बनाना होटलबाट जानकी गाउँपालिका–६ का ३१ वर्षीय प्रेमबहादुर चौधरीलाई १ ग्राम १५० मिलिग्राम पदार्थसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

attariya hospital

यस्तै, टीकापुर नगरपालिका–९ खक्रौला चेकपोस्टबाट ६८० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित टीकापुर नगरपालिका–१ का १८ वर्षीय किशोर पक्राउ परेका छन्। उनलाई शनिबार बेलुका चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।