अत्तरिया – कैलालीको अत्तरियामा अछाम वैजनाथ सेवा समाज कैलालीको तेस्रो साधारण सभा सम्पन्न भएको छ । शनिवार सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको प्रमुख अतिथियतामा समाजको साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष कर्ण सिंह बोहराको सभापतित्वमा सम्पन्न साधारण सभामा विशिष्ट अतिथिमा गोदावरी नगरपालिकाकी पूर्व उपप्रमुख रत्ना कडायत रहेकी थिइन ।


साधारण सभाबाट कर्ण सिंह बोहराको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन गरिएको छ । उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा दोहरिएका हुन ।
त्यस्तै उपाध्यक्षमा फकिर सिंह बोगटी, सचिवमा जीवन शाह, कोषाध्यक्षमा पवनदेवी रावल चयन भएका छन् ।
साधारण सभाको उद्घाटन सत्रको सञ्चालन सचिव जीवन शाहले गरेका थिए भने स्वागत मन्तव्य फकिर सिंह बोगटीले राखेका थिए ।
पहाड घर अछाम भएका गोदावरी नगरभित्र बसोबास गर्ने स्थानीयहरूको सहभागिता रहेको थियो । समाजमा हाल २ सय २८ सदस्य आबद्ध रहेका छन् ।
यसैबिच समाजले भोटेकोसीका बाढी पीडितहरूका लागि २५ हजार सहयोग गर्ने निर्णय समेत गरेको छ ।
















