अत्तरिया– सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका पदाधिकारीहरु नियुक्त गरिएको छ । शुक्रबार मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आयोगका पदाधिकारीहरु नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले आयोगको उपाध्यक्षमा गोकर्ण प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । भट्ट नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हुँदा स्वकीय सचिव (सहसचिव) थिए ।

त्यस्तै आयोगको सदस्यहरुमा गंगा दत्त जोशी र हिरा चन्दलाई नियुक्त गर्ने बैठकले निर्णय गरेको छ । जोशी र चन्द नेकपा एमालेका तर्फबाट आयोगमा नियुक्त भएका हुन् ।


















