खाेज्नुहाेस

भोटेकोसीका बाढी प्रभावितका लागि सुदूरपश्चिम सरकारले २ करोड दिने, स्वास्थ्य टोली पठाउने

Image
navjiwan hospital

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोसीमा आएको बाढीका कारण प्रभावित भएकाहरूको लागि २ करोड दिने निर्णय गरेको छ । शुक्रबार बिहान मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रदेश सरकारले बाढी प्रभावितहरुको राहत, उद्दार तथा खोजतलासका लागि सो रकम दिने निर्णय गरेको बताएको छ । बैठकले बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामी भएकाहरूको औषधि उपचारका लागि स्वास्थ्य टोली पठाउने निर्णयसमेत गरेको छ । बाढीबाट प्रभावित नागरिकको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले प्रदेशबाट स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय गरिएको हो ।

attariya hospital