
अत्तरिया– कैलालीमा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । बिहिबार राती जिल्लाको गोदावरी नगरपालिका– ९ मा स्थानिय ६० वर्षिय नन्दराम कठायत मृत अवस्थामा फेला परेका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कठायतको शव धनचौरी धनगढी भित्रि सडकको किनारमा फेला परेको हो । सो विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



















