
धनगढी– भोटेकोसी बाढीमा आएको बाढीपछि सम्पर्क बिहिन भएका सुदूरपश्चिमका ११ जना सम्पर्कमा आएका छन् । भोटेकोशीको बाढीपछि सम्पर्क बिहिन बनेका प्रदेशका १४१ जना मध्ये ११ जना सम्पर्कमा आएका हुन् । अझै १३० जना सम्पर्कमा आउन नसकेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदम बिष्टका अनुसार सम्पर्कमा आउनेहरू मध्ये कञ्चनपुरका ९ जना, डडेल्धुराका १ जना र कैलालीका १ जना रहेका छन् । उनले सम्पर्कविहीन हुनेमा कैलालीका ४८ जना, कञ्चनपुरका ३४, डडेल्धुराका १६, बाजुराका १४, दार्चुलाका ४, डोटीका २, बैतडीका ८, बझाङका २, अछामका २ जना रहेको बताए ।



















