खाेज्नुहाेस

कञ्चनपुरबाट लागू औषध सहित २ जना पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरबाट लागू औषध सहित २ जना पक्राउ परेका छन् ।

navjiwan hospital

शनिवार भीमदत्त नगरपालिका –४ मिनी मार्केटबाट लागू औषध ब्राउन सुगर सहित दोधारा चाँदनी नगरपालिका – १ पशुपति टोलका २४ वर्षीय जनक खड्का पक्राउ परेका छन् ।

attariya hospital

उनको साथबाट १ ग्राम ८४० मिलिग्राम लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यस्तै भीमदत्त नगरपालिका – ११ होल्डिङ सेन्टर स्थितबाट ४ ग्राम ५७ मिलिग्राम लागू औषध सहित शुक्लाफाँटा नगरपालिका – ८ झलारीका २३ वर्षीय धिरेन्द्र महरा पक्राउ परेका छन् ।