अत्तरिया – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन बर्सिया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै कैलालीको अत्तरियामा शान्तिपूर्ण विरोध कार्यक्रम गरिएको छ ।
स्थानीयले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गर्दै नारा समेत लगाएका छन् ।


उनीहरूले गरिमालाई न्याय दे, छोरी मार्न पाइँदैन, दोषी बचाउने सरकार खबरदार, बलात्कारीलाई फाँसी दे लगायतका नारा लगाएका थिए ।
जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरा बस्ने मनमती चौधरीकी छोरी गरिमा चौधरी साउन ३१ गतेदेखि हराइरहेकी थिइन । उनी भदौ २ गते वीरबहादुर रोकाको एकतले घरको खाली कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन ।
उनको घटनामा संलग्न आरोपितलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । अहिले दोषीलाई कडा कारबाहीको माग गर्दै देशै भरी आन्दोलन चर्किएको छ ।


















