खाेज्नुहाेस

गोदावरीमा लगाइएको ताला तोडेर छलफलका लागि आह्वान

Image

अत्तरिया – गोदावरी नगरपालिकाका नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा लगाइएको ताला तोडिएको छ । बुधवार छाडा गाई गोरु व्यवस्थापनको माग गर्दै नगरपालिका पुगेका स्थानीयले लगाएको ताल बिहीबार ताडेर नगरप्रमुख वीरेन्द्र भट्टले छलफलका लागि आह्वान गरेका हुन ।

navjiwan hospital

उनले एक भिडियो सन्देश मार्फत शुक्रवार बिहान ११ बजे छलफलका लागि नगरपालिकामा आउन आह्वान गरेका छन् । उनले बुधवार पनि आफू काठमाण्डौं भएकाले भेट्न नसकेको बताउँदै शुक्रवारको समय दिँदा दिनै पनि तालाबन्दी गरिनु गलत भएको बताए ।

attariya hospital

बुधवार छाडा चौपाया व्यवस्थापनको माग सहित नगरपालिका पुगेका स्थानीयले नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए । उनीहरूले बुधवार नै नगरप्रमुख काठमाण्डौंबाट आइसके पनि आफूहरूलाई भेट्न आनाकानी गरेको भन्दै तालाबन्दी गरेका थिए ।

नगरपालिकाले स्थानीयले गरेको तालाबन्दी भने बिहीबार प्रशासनको सहयोगमा तोडेको जनाएको छ ।