खाेज्नुहाेस

बैतडीमा आलु उत्पादन बढे पनि बजारको समस्या

Image

बैतडी – बैतडीमा आलु उत्पादन बढे पनि उचित बजार नपाउँदा किसान चिन्तित बनेका छन् । असार–साउनमा खनेर घरमा भण्डारण गरेको आलु भदौसम्म पनि बिक्री हुन नसक्दा किसान समस्यामा परेका हुन् । पाटन नगरपालिका–८ का किसान नरबहादुर बिष्टले हालसम्म पनि आलु बिक्री हुन नसक्दा उत्पादित आलु घरमै कुहिने अवस्थामा पुगेको बताए । असार–साउनमा खनेर घरमा जम्मा गरी राखेको आलु अहिलेसम्म बिक्री नभएको उनको भनाइ छ ।

navjiwan hospital

बैतडीबाट उत्पादित आलु विगतमा तराईका जिल्लामा समेत निर्यात हुँदै आएको थियो । गत वर्ष किसानले आलु प्रतिकिलो ४० देखि ४५ रुपैयाँसम्ममा बिक्री गरेका थिए । तर, यस वर्ष प्रतिकिलो २५ देखि ३० रुपैयाँमै बिक्री गर्नुपर्ने अवस्था रहेको किसान बताउँछन् । सोही मूल्यमा समेत आलु बिक्री हुन नसकेको पाटन नगरपालिका–८ का किसान राजबहादुर महराले दुखेसो पोखे ।

attariya hospital

उचित मूल्य नपाउनुका साथै यातायातको सहज पहुँच नहुँदा आलु घरमै थन्किएको सुर्नया गाउँपालिका–६ का किसान गणेश अवस्थीले बताए । उत्पादन गरेको आलु बजारसम्म पु¥याउन समस्या हुँदा किसानले सस्तो मूल्यमा समेत बिक्री गर्न नसकेको उनको भनाइ छ ।

आलु भण्डारणका लागि पाटन नगरपालिका–८ मा निर्माण प्रक्रिया अघि बढाइएका दुईवटा कोल्ड स्टोरसमेत अलपत्र अवस्थामा छन् । कोल्ड स्टोर सञ्चालनमा आए किसानलाई आलु भण्डारण गर्न सहज हुने स्थानीय किसान वीरसिंह महराले बताए ।