खाेज्नुहाेस

धनगढीमा घरबाटै भन्सार छलीका सामान नियन्त्रणमा

Image
file photo

अत्तरिया – कैलालीको धनगढीमा प्रहरीले घरमा भण्डारण गरी राखेको अवस्थामा भन्सार छलीका सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका – ७ देवरिया स्थित ३८ वर्षीय निर्मला जोशीले घरमा भण्डारण गरी राखेको अवस्थामा अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको हो ।

navjiwan hospital

जसअन्तरगत १ लाख ४२ हजार रुपैयाँ बराबरको कुर्ति, धोति, गाउन लगायतका सामानहरु बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी वरामद गरेको थियो ।

attariya hospital

प्रहरीले सामान र पक्राउ परेकी निर्मला जोशीलाई आवश्यक कारवाहिको लागी भन्सार कार्यालय त्रिनगर कैलालीमा पठाएको जनाएको छ ।