अत्तरिया – कैलालीको अत्तरियामा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरिया शाखाको आयोजनामा बृहत् रक्तदान जीवनदान शिविर–२०८३ आयोजना गरिने भएको छ । ‘विश्व बन्धुत्व दिवस’ तथा राजयोगिनी डा. दादी प्रकाशमणिको १९ औँ पुण्य तिथि÷स्मृति दिवसको अवसरमा भदौ ६ गते रक्तदान जीवनदान शिविर आयोजना गर्न लागिएको हो ।

बिहिबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरिया शाखाकी सञ्चालिका रविनाले विगतका वर्ष जस्तै यस वर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरिएको बताइन् ।

उनले रगत दान गरौँ जीवन बचाऔँ भन्ने मान्यताका साथ अन्तर्राष्ट्रिय स्तरमै रक्तदान जीवनदान शिविर आयोजना गर्न लागिएको बताइन् । उनले अत्तरिया उद्योग वाणिज्य संघ सँगको सहकार्यमा आयोजना गरिने रक्तदान कार्यक्रममा यस क्षेत्रका सङ्घसंस्था क्लब सबैको साथ सहयोग रहने अपेक्षा लिएको बताइन ।
अत्तरियामा रक्तदान शिविर ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरिया शाखाको प्राङ्गणमा बिहान ८ बजे देखि सुरु जनाइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अत्तरिया उद्योग वाणिज्य संघकी उपाध्यक्ष धाना चोखालले रक्तदान कार्यक्रममा सबै उद्योग व्यवसायीलाई सहभागिताका लागि आह्वान गरिन ।

















