खाेज्नुहाेस

कैलालीमा गोली लागेर मृत्यु भएको घटनामा २ जना पक्राउ

Image

कैलाली – कैलाली बर्दगोरिया गाउँपालिका-३ स्थित लालिगुराँस सामुदायिक जङ्गलमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर ४३ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको घटनामा २ जना पक्राउ परेका छ्न ।

navjiwan hospital

भदौ २ गते दिउँसो सिकार खेल्ने क्रममा कृष्णबहादुर बुढा क्षेत्रीले जङ्गली बँदेललाई गोली हान्ने क्रममा गोली विश्वकर्माको दाहिने छातीमा लागेको प्रहरीले जनाएको छ। घाइते विश्वकर्माको उपचारका लागि लैजाने क्रममा सडकमा मृत्यु भएको थियो ।

attariya hospital

घटनापछि शवलाई जङ्गलमा लगेर राखी भागेको आरोपमा मृतकका भाइ गणेश विश्वकर्माले दिएको जाहेरीका आधारमा कृष्णबहादुर बुढा क्षेत्री र राकेश डगौरा थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा राकेशले घटनामा प्रयोग भएको भरुवा बन्दुक जडैठाँडास्थित काँडा नदीको बगरमा माटोमुनि लुकाएको खुलेपछि दुई थान भरुवा बन्दुकसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।