कैलाली — कैलालीको भजनीमा सालको रुखमा ठोक्किएर मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ।

बुधबार राति भजनी नगरपालिका–४ कुडीस्थित भजनी–सुख्खड सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको हो। धनौराबाट भजनीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१२ प १६५१ नम्बरको मोटरसाइकल सडक किनारमा रहेको सालको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा भजनी नगरपालिका–१ मधुवन शिविरका करिब ३० वर्षीय मुकेश चौधरी गम्भीर घाइते भएका थिए। रुखमा ठोक्किएपछि मोटरसाइकल नालीमा खसेको थियो।
टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई प्राथमिक स्वास्थ्य केन्द्र भजनी पुर्याइएको चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
















