
धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेका हुन् ।
विश्वासको मतको परिणाम घोषणा गर्दै सभामुख भीमबहादुर भण्डारीले विश्वासको मतको पक्षमा ३१ र विपक्षमा १५ मत परेको जानकारी दिए । प्रदेश सभा बैठकमा ४६ सांसद उपस्थित थिए । भट्ट गत साउन २९ गते नेकपा एमालेको समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका थिए ।

















