धनगढी – कैलालीमा एक जना मृत फेला परेका छन् ।
लम्कीचुहा नगरपालिका–५ चौरीमा ५८ वर्षीय मानबहादुर विक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार उनी आफ्नै घर नजिकैको नालामा मृत भेटिएका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।