कञ्चनपुर – कञ्चनपुरमा लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन सहित स्थानीय २३ वर्षीय रोशन चौधरी, कैलालीको गोदावरी नगरपालिका–३ का २८ वर्षीय राजेश ताम्रकार र २० वर्षीय राहुल ताम्रकार रहेका छन् ।

उनीहरुको साथबाट ९ सय १० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई अस्थायी प्रहरी पोष्ट गजरौला र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

















