खाेज्नुहाेस

गोदावरी र टीकापुरबाट लागूऔषधसहित तीन जना पक्राउ

Image
file photo

अत्तरिया – कैलालीको गोदावरी र टीकापुरबाट प्रहरीले लागू औषध खैरो हेरोइन सहित तीन जनालाई पक्राउ गरेको छ।

navjiwan hospital

सोमबार गोदावरी नगरपालिका–५ स्थित गेटा चेकपोस्टबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ निवासी २३ वर्षीय जगदीश विष्ट पक्राउ परेका छन्।

attariya hospital

प्रहरी चौकी गेटाबाट खटिएको टोलीले सुदूरपश्चिम प्रदेश ०२–००४ प ४५४३ नम्बरको मोटरसाइकलमा सवार विष्टलाई शंका लागि चेकजाँच गर्दा २ ग्राम २०० मिलिग्राम लागू औषध खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ ।

यस्तै टीकापुर नगरपालिका–२ कोठारपुरबाट सोमबार साँझ स्थानीय २९ वर्षीय सुभाष शाही र २६ वर्षीय तिलक बुढा पक्राउ परेका छन। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी चेकजाँच गर्दा उनीहरूको साथबाट ४ ग्राम ८९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।