बाजुरा – बाजुराको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको फोरजी टावर निर्माण अनिश्चित बनेको छ । करोडौँ मूल्यका उपकरण हेलिकप्टरमार्फत त्रिवेणी पाटनसम्म पु¥याइए पनि प्राविधिक टोलीको टुंगो नलाग्दा निर्माण कार्य अघि बढ्न सकेको छैन ।

मौसम खराब भएपछि प्राविधिक टोली फर्किएको र टावरस्थलसम्म करिब ४ हजार किलो उपकरण पैदल ढुवानी गर्नुपर्ने अवस्था रहेको टेलिकमले जनाएको छ ।

बडीमालिका नगरपालिकाले भने शुक्रबारदेखि उपकरण ढुवानीका लागि टोली परिचालन गरेको छ । यस वर्ष बडीमालिकामा भदौ ११ गते मेला लाग्दैछ भने पूजाआजा भदौ १ गतेदेखि सुरु हुने बताइएको छ ।
















