खाेज्नुहाेस

अत्तरिया उद्योग वाणिज्य संघद्धारा करसम्बन्धी तालिम सम्पन्न

Image

अत्तरिया– अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीहरूका लागि करसम्बन्धी तालिम सम्पन्न भएको छ । आन्तरिक राजस्व कार्यालय कैलालीसँगको सहकार्यमा शनिबार संघको कार्यालयमा तालिम सञ्चालन गरिएको हो ।

navjiwan hospital

गोदावरी नगरपालिकाअन्तर्गत उद्योग तथा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूलाई लक्षित गरी आयोजना गरिएको तालिममा वर्तमान कर नीति, करसम्बन्धी व्यवस्था तथा व्यवसाय सञ्चालनका क्रममा ध्यान दिनुपर्ने विषयमा जानकारी दिइएको थियो ।

attariya hospital

तालिममा व्यवसायीहरूले करसम्बन्धी विभिन्न विषयमा जिज्ञासा राखेका थिए । सहभागीका जिज्ञासामाथि आन्तरिक राजस्व कार्यालयका प्रतिनिधिहरूले जानकारी तथा आवश्यक परामर्श प्रदान गरेका थिए ।

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कमल कडायतले व्यवसायीहरूलाई करसम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।