खाेज्नुहाेस

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

Image

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नजीर मियाँले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

navjiwan hospital

भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढी पुगेर मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए । उनको दाबीमा नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए । दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री नियुक्त गर्दै नियुक्तिपत्र प्रदान गरेका हुन् ।

attariya hospital

भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री बनेका छन् । सत्ता समीकरणमा आएको परिवर्तनसँगै मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि नेपाली कम्युनिस्ट पार्टी प्रदेशसभा संसदीय दलका नेता भट्ट पाँचौँ मुख्यमन्त्री बनेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री भट्टसहित मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ शुक्रबार दिउँसो ३ बजे हुने कार्यक्रम तय गरिएको छ ।