खाेज्नुहाेस

अत्तरिया उद्योग वाणिज्य संघले करनिति सम्बन्धी तालिम दिने

Image

अत्तरिया– अत्तरिया उद्योग वाणिज्य संघले करनिति सम्बन्धी व्यवसायीहरुका लागि तालिमको आयोजना गर्ने भएको छ । संघले बुधबार एक सूचना जारी गर्दै यही साउन ३० गते सरकारको वर्तमान करनितिका सम्बन्धमा व्यवसायीहरुका लागि तालिम आयोजना गरिने जनाएको हो ।

navjiwan hospital

संघका महासचिव गम्भीर साउँदले आन्तरिक राजश्व कार्यालय कैलालीसँगको सहकार्यमा तालिमको आयोजना गर्न लागिएको जानकारी दिए । उनले गोदावरी नगरपालिका अन्तरगत उद्योग व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुका लागि तालिमको आयोजना गर्न लागिएको बताए ।

attariya hospital

उनका अनुसार तालिममा वर्तमान करनितिका बारेमा जानकारी दिईनुका साथै कर तथा व्यवसाय सञ्चालन सम्बन्धी अन्य परामर्शहरु समेत प्रदान गरिनेछ । संघले आफ्नै कार्यालयमा सञ्चालन गर्न लागेको तालिममा सहभागि हुन महासचिव साउँदले सबैलाई आग्रह गरेका छन् ।