खाेज्नुहाेस

भजनीमा सालको ६ थान गोलिया काठ बरामद

Image
file photo

अत्तरिया– कैलालीको भजनीमा ६ थान सालको गोलिया काठ बेवारिसे अवस्थामा बरामद गरिएको छ । सोमबार प्रहरीले भजनी नगरपालिका– ७ हिक्मतपुर स्थित पुरैना सामुदायिक बनमा लुकाई छिपाई राखेको अवस्थामा सालको ६ थान गोलिया (२१.८७ क्यु.फि.) काठ बरामद गरेको हो ।

navjiwan hospital

उक्त गोलिया काठ अन्दाजी २७ हजार ३७ मुल्य बराबरको रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले सो काठ बेवारिसे अवस्थामा बरामद गरेको हो ।

attariya hospital

उक्त काम आवश्यक प्रकृया पुरा गरी सव डिभिजन बनका कार्यालय भजनीको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।