धनगढी – कैलालीको भजनी नगरपालिका–१ पडरियाबाट भन्सार छली गरी भारतबाट ल्याइएका करिब ९३ हजार ५ सय रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो पडरिया क्षेत्रमा बेवारिसे अवस्थामा रहेका बिडी, सुर्ती, कपडालगायतका सामान फेला पारी नियन्त्रणमा लिएको हो ।

बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



















