खाेज्नुहाेस

कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय सञ्चालनको माग गर्दै ज्ञापनपत्र

Image

धनगढी – कैलालीका चार स्थानीय तहका जनप्रतिनिधिले कैलालीको भजनी नगरपालिका–५ मा रहेको पृथ्वीपुर छोटी भन्सार कार्यालय सञ्चालन गर्न माग गरेका छन । उक्त भन्सार कार्यालयलाई स्तरोन्नतिसहित यथास्थानमै पुनःसञ्चालन गर्न माग गर्दै चार स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले भन्सार विभागमा ज्ञापनपत्र बुझाएका हुन ।

navjiwan hospital

भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त टोलीले भन्सार विभागका महानिर्देशक यमलाल भुसालसमक्ष ज्ञापनपत्र हस्तान्तरण गरेको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले जानकारी दिए ।

attariya hospital

जनप्रतिनिधिहरूले पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन भए सीमावर्ती क्षेत्रका नागरिक, किसान, व्यापारी तथा उद्योगीले सहज रूपमा सेवा प्राप्त गर्ने बताएका छन् । साथै, वैध व्यापारलाई प्रोत्साहन, सरकारी राजस्व संकलनमा वृद्धि तथा स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउन भन्सार कार्यालयको महत्वपूर्ण भूमिका रहने उनीहरूको भनाइ छ ।

स्थानीय स्तरमा लामो समयदेखि सञ्चालनमा रहेको भन्सार कार्यालय बन्द हुँदा सीमावर्ती क्षेत्रका नागरिक तथा व्यवसायीलाई प्रत्यक्ष असर पर्ने भन्दै जनप्रतिनिधिहरूले कार्यालयलाई बन्द गर्नुको सट्टा आवश्यक पूर्वाधार र जनशक्तिसहित स्तरोन्नति गरेर प्रभावकारी रूपमा सञ्चालन गर्न माग गरेका छन् । पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालनको माग स्थानीय व्यवसायी तथा उद्योगीहरूले समेत गर्दै आएका छन ।