खाेज्नुहाेस

कैलालीमा बहुविवाह र बालविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया –  बहुविवाह तथा बालविवाह मुद्दामा कैद र जरिवाना तोकिएर फरार रहेका एक जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

navjiwan hospital

जिल्ला अदालत कैलालीको २०८१ असार ३० गतेको फैसलाले बहुविवाह र बालविवाह मुद्दामा १ वर्ष कैद र १३ हजार रुपैयाँ जरिवाना तोकिएका टीकापुर नगरपालिका–१ बस्ने ४७ वर्षीय तिला चन्द्र शर्मा पक्राउ परेका हुन्।

attariya hospital

फैसला कार्यान्वयन गर्ने क्रममा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले शर्मालाई बुधबार दिउँसो उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ परेका शर्मालाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।