अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको शिक्षा शाखा प्रमुखको जिम्मेवारी उप–सचिव हरिस पन्तले सम्हालेका छन् ।

गौरीगंगाबाट सरुवा भएर आएका उनले सोमबार देखि गोदावरी शिक्षा शाखा प्रमुखको जिम्मेवारी सम्हालेका हुन । शिक्षा शाखा प्रमुख भएर आएका पन्तलाई सोमबार कार्यालयमा स्वागत गरिएको थियो ।

यसअघि शिक्षा शाखा प्रमुखको रूपमा कार्यरत उप सचिव वसन्त खत्रीको सरुवा भएपछि उक्त शाखाको प्रमुखका रूपमा प्रयागराज जोशी कार्यरत रहेका थिए ।


















