खाेज्नुहाेस

बैतडीबाट एक थान भरुवा बन्दुक बरामद

Image
तस्बीर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुर
navjiwan hospital

अत्तरिया– बैतडीबाट बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरिएको छ । मंगलबार साँझ जिल्लाको सिगास गाउँपालिका– ३ चमडे खर्क स्थित सामुदायिक बन भित्र ओडारमा लुकाई छिपाइ राखेको भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।

गोप्य सूचनाको आधारमा प्रहरी चौकी गाँजरीबाट खटिएको प्रहरी टोलीले सो भरुवा बन्दुक बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सो विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

attariya hospital