बाजुरा – बडीमालिका नगरपालिकाले बडीमालिका पर्यटन विकास समिति गठन गरेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन र समग्र पर्यटन विकासलाई प्रभावकारी बनाउन नगरपालिकाले शेरबहादुर रावलको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा वीरेन्द्र रावल रहेका छन भने सदस्यहरूमा देवराज उपाध्याय, मदन जोशी, लक्ष्मीराज पाध्याय, सरिता नेपाली, अमृता बोहरा रावल, हंस साउद, मनोज रेग्मी, शेर खड्का र वीरबहादुर रावल रहेका छन् ।

नवनियुक्त समितिले बडीमालिका क्षेत्रको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन पूर्वाधार विकास, पर्यटक आकर्षणका कार्यक्रम सञ्चालन तथा स्थानीय पर्यटन उद्योगलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

















