अत्तरिया – कैलालीको गोदावरीमा किसानको खेतबाट अजिङ्गर सर्पको उद्धार गरिएको छ । सोमबार साँझ गोदावरी नगरपालिका – ४ खैरानाका किसान सुमन चौधरीको तरकारी बारीमा भेटिएको अजिङ्गर सर्पको उद्धार गरिएको हो ।

बारीबाट नियन्त्रणमा लिएको अजिङ्गर सर्पलाई मंगलबार सुरक्षित वासस्थान शुक्लाफाँटा वन्यजन्तु आरक्षमा लगेर छाडिएको गोदावरीको नगर प्रहरीले जनाएको छ ।

करिब ६ फुट लम्बाइको उक्त अजिङ्गरको तौल ८ केजी रहेको नगर प्रहरी सँधु चौधरीले बताए ।


















