
बाजुरा – बाजुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । विषालु च्याउ खाँदा बडिमालिका नगरपालिका–७ धम्कने निवासी ५१ वर्षीय रामे थापाको मृत्यु भएको हो । सोही च्याउ खाँदा उनकी श्रीमती ५० वर्षीया नाम्सरी थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सोमबार साँझ च्याउ खाएर बिरामी परेका उनीहरुलाई राती नै जिल्ला अस्पताल मार्तडी पुर्याइएको भएपनि अस्पतालमा चिकित्सकले परीक्षण गर्दा रामे थापालाई मृत घोषणा गरेका थिए। उनकी श्रीमती नाम्सरी थापाको अवस्था भने गम्भीर रहेको र अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

















