खाेज्नुहाेस

अत्तरियामा निकालियो सद्भाव र्‍याली

Image

अत्तरिया – कैलालीको अत्तरियामा सद्भाव र्‍याली निकालिएको छ । वर्तमान राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै गोदावरी चेम्बर अफ कमर्स र जय गोदावरी अभियानले सद्भाव र्‍याली निकालेको हो ।

सद्भाव र्‍यालीअत्तरियाको पूर्व रोडमा रहेको प्रतिभा पुस्तकालयबाट सुरु भएर अत्तरिया बजार परिक्रमा गरेर इलाका प्रहरी कार्यालय मालाखेती अगाडि दीप प्रज्वलन गरेर समापन गरिएको थियो ।

attariya hospital
navjiwan hospital

सद्भाव र्‍यालीमा सबै धर्मका मानिसहरूको सहभागिता रहेको थियो । जय गोदावरी अभियानका संयोजक धिरेन्द्र बोगटीले सामाजिक सद्भाव कायम राख्नको लागि र्‍याली निकालिएको बताए ।

‘नेपालको पूर्वी जिल्लामा भएको घटना नफैलियोस् । उता भएको घटना नदोहोरीयोस । नेपालमा शान्ति कायम होस, नेपालमा धर्म जाती वर्णका आधारमा विभाजित भएर बस्न नपरोस् भन्ने कामनाका साथ यो कार्यक्रम आयोजना गरिएको हो’ उनले भने ‘र्‍यालीमा गोदावरी नगरपालिका भित्रका सबै धर्म, वर्गका मानिसहरूको सहभागिता रहेको थियो ।’ उनले आगामी दिनमा पनि मिलेर बस्ने कामना गर्दै दीप प्रज्वलन गरिएको बताए ।

यसअघि गोदावरी चेम्बर अफ कमर्स र जय गोदावरी अभियानले आइतबार अत्तरियामा सर्वधर्मीय संवाद कार्यक्रम आयोजना गरेको थियो ।