खाेज्नुहाेस

कैलालीमा साढे ६ ग्राम खैरो हेरोइन सहित चार जना पक्राउ

Image

धनगढी – कैलालीमा ६ ग्राम ६३० मिलिग्राम खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्।

जोशीपुर गाउँपालिका–१ पिपलकोटीबाट प्रहरीले आइतबार चार जनालाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो।

attariya hospital
navjiwan hospital

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूको साथबाट ६ ग्राम ६३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा प्रयोग भएका दुई वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेका चारै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।