खाेज्नुहाेस

अत्तरियामा आज सद्भाव र्‍याली निकालिने 

Image
अत्तरिया – कैलालीको अत्तरियामा आज सद्भाव र्‍याली निकालिने भएको छ । वर्तमान राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै गोदावरी चेम्बर अफ कमर्स र जय गोदावरी अभियानले  सद्भाव र्‍याली निकाल्न लागेको हो ।
attariya hospital
सद्भाव र्‍याली साँझ ४ बजे अत्तरियाको पूर्व रोडमा रहेको प्रतिभा पुस्तकालयबाट सुरु गरिने नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिमका अध्यक्ष विनोद मल्लले बताए । उनले सद्भाव र्‍यालीमा सबै धर्मका मानिसहरूको सहभागिता रहने बताए ।
navjiwan hospital
गोदावरी चेम्बर अफ कमर्स र जय गोदावरी अभियानले  हिजो (आइतबार) अत्तरियामा सर्वधर्मीय संवाद कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा वर्तमान राष्ट्रिय परिस्थितिको समीक्षा, धार्मिक सहअस्तित्व र सहकार्यको प्रवर्द्धन, सामाजिक सद्भाव र आपसी विश्वास अभिवृद्धि, राष्ट्र हितका लागि साझा धारणा निर्माण गर्न छलफल गरिएको थियो ।