खाेज्नुहाेस

कैलालीको लिक्मा खोलामा डुबेर एक बालकको मृत्यु 

Image
अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका– ८ स्थित लिक्मा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
attariya hospital
आइतबार साथीहरूसँगै खोलामा नुहाउन गएका बेला नदीमा डुबेर स्थानीय गणेशबहादुर धामीका १२ वर्षीय छोरा सलीम धामीको मृत्यु भएको हो ।
navjiwan hospital
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) हिरासिंह महराका अनुसार नदीमा डुबेर बेहोस अवस्थामा पानीबाट निकालिएका बालकको उपचारका क्रममा स्थानीय केबी सौगात पोलिक्लिनिकमा लागिएकोमा उनको मृत्यु भएको थियो ।
बालक नदीमा डुबेको जानकारी स्थानीयबाट पाएपछि इलाका प्रहरी कार्यालय मसुरियाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।