खाेज्नुहाेस

कैलालीमा धार्मिक सभा, जुलुस र र्‍यालीका लागि पूर्वस्वीकृति अनिवार्य

Image

धनगढी – कैलालीमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न जिल्ला सुरक्षा समितिले धार्मिक सभा, जुलुस, ¥याली तथा सार्वजनिक कार्यक्रम सञ्चालनअघि स्थानीय प्रशासनबाट अनिवार्य पूर्वस्वीकृति लिनुपर्ने निर्णय गरेको छ ।

navjiwan hospital

आइतबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले धार्मिक भावना आहत हुने गतिविधि, उत्तेजक अभिव्यक्ति, हतियार प्रदर्शन तथा सामाजिक सञ्जालमार्फत धार्मिक द्वेष फैलाउने कार्य नगर्न आग्रह गरेको छ । साथै, सीमा नाकाबाट नेपाल प्रवेश गर्दा आधिकारिक परिचयपत्र अनिवार्य गर्ने निर्णय पनि गरिएको छ ।

attariya hospital

बैठकले साउन १८ गते धनगढीमा विभिन्न पक्षको सहभागितामा ‘नागरिक सद्भाव ¥याली’ आयोजना गर्ने निर्णय समेत गरेको छ ।