खाेज्नुहाेस

मोटरसाइकल दुर्घटनामा धनगढीकी सम्झनाको मृत्यु, गोदावरीका विनोद गम्भीर घाइते

Image
file photo

अत्तरिया – कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–८ सेतोपुलस्थित सडकमा शनिबार राति से ६ प ९७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

attariya hospital
navjiwan hospital

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार धनगढी उपमहानगरपालिका–६ बस्ने २८ वर्षीया सम्झना चौधरी गम्भीर घाइते भएकी थिइन्। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो।

मोटरसाइकल चालक गोदावरी नगरपालिका–८ बस्ने ३६ वर्षीय बिनोद चौधरी गम्भीर घाइते भएका छन्। उनको कैलाली अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।