खाेज्नुहाेस

कैलाली र कञ्चनपुरमा लागूऔषध सहित ८ जना पक्राउ

Image
सांकेतिक फोटो

अत्तरिया – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ८ जनालाई पक्राउ गरेको छ।

कैलालीको गोदावरी नगरपालिका–९ सेहरीस्थित भित्री सडकखण्डबाट २ ग्राम ५६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगद ३५ हजार ३ सय रुपैयाँसहित सोही नगरपालिका–८ ‘झ’ गाउँका ३० वर्षीय अशोक चौधरी र २४ वर्षीय दीपक चौधरी पक्राउ परेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा पक्राउ गरेको हो।

attariya hospital

यस्तै, धनगढी उपमहानगरपालिका–१० घुँइयाघाटबाट १७१ मिलिग्राम उक्त पदार्थसहित सोही ठाउँका ३० वर्षीय सञ्जय राना पक्राउ परेका छन्।

navjiwan hospital

त्यसैगरी, टीकापुर नगरपालिका–९ खक्रौलाबाट ३ ग्राम ३५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित बर्दियाको राजापुर नगरपालिका–५ पाहाडीपुरका १८ वर्षीय दुई किशोर पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–९ खक्रौला, सत्ती भन्सार कार्यालय नजिकबाट ६० मिलिग्राम उक्त पदार्थसहित टीकापुर–१ ब्लक नं. १० का ३१ वर्षीय हिमाल रावल र लम्कीचुहा नगरपालिका–३ का ४० वर्षीय राकेश गुरुङ पक्राउ परेका छन्।

यस्तै, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोलबाट ४०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित १८ वर्षीय किशोर पक्राउ परेका छन्।

पक्राउ परेकाहरूबाट बरामद पदार्थबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।